सूचना प्रविधि

टिकटक बन्द गर्ने सरकारको निर्णय, सामाजिक सञ्जालमा तिब्र बिरोध

२७ कात्तिक, काठमाडौं । नेपालका अब टिकटक सामाजिक सञ्जाल बन्द हुने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्जारमन्त्री रेखा शर्माले टिकटकका कारण सामाजिक सद्भावमा खलल पुगेको भन्दै टिकटक बन्द गर्ने निर्णय गररिएको र टिकटक बन्द गर्न तत्काल सूचना तथा सञ्चार मन्त्रालयले पहल गर्ने बताएकी छन् ।
उनले टिकटक बन्द गर्ने निर्णय गरिएको भएपनि अहिलेदेखी नै बन्द गर्ने नभनिएको र त्यसका लागि डेडलाईन नभएको बताईन् ।
टिकटक बन्द गर्ने सरकारको निर्णयपखि लाखौं टिकटकमा दिनभर लाईभ बस्ने नेपालीहरु संसंकीत बनेका छन् । फेसबुकलगायतका सामाजिक सञ्जालमा सरकारको बिरोध गर्नेको संख्या बढ्न थाल्यो ।