समाचार

रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा हुँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबार भोलीदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ

बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने रास्वपाले जनाएको छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।