अपराध

श्रीमतीको भड्डु प्रहारबाट श्रीमानको मृत्यु

दैलेख । श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ। मृत्यु हुनेमा नौमुले गाउँपालिका -४ कालिकाको ३८ वर्षीय भिमबहादुर योगी रहेका छन्। भीमले पहिला हात छाडेका र , श्रीमान श्रीमतीबिच आपसी झगडा बढेपछि श्रीमती सीताले ढिँडो पकाउदै गरेको भड्डुले प्रहार गरेपछि भीमको मृत्यु भएको हो।

टाउकोमा चोट लागेर रगत धेरै बगेपछि श्रीमानको मृत्यु भएको बताइएको छ । सीतालाई भने दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।