काठमाडौँ । आचार्य बन्धु समाज नेपालले जाजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रूपमा रकम सङ्कलन तीव्र बनाएको छ । समाजले रकम सङ्कलनका लागि आचार्य बन्धु समाज नेपालको खाता विवरणहरू सार्वजनिक गरेको छ ।
आचार्य बन्धु समाज नेपालले जाजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रूपमा रकम सङ्कलन तीव्र बनाएको छ । समाजले रकम सङ्कलनका लागि आचार्य बन्धु समाज नेपालको खाता विवरणहरू सार्वजनिक गरेको छ । खातामा हालसम्म बिभिन्न व्यक्तीहरुबाट ३४ हजार ४ सय ७४ रुपैयाँ संकलन भएको समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताएका छन् ।
अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरूको नामावली रकमसहित समाजले सार्वजनिक गरेको छ । विश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्वजनिक गरेको हो । केही दिनमा नै नेपाल सरकार तथा सरोकारवाला सुरक्षा निकायसँग सल्लाह गरेर भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्ने समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताएका छन् ।
जति सकिन्छ सहयोग गरौँ, मानवीय कार्यमा शंका नगरौँ भन्ने नाराका साथ समाजले पारदर्शी हिसाबले सङ्कलन र वितरण कार्य गर्ने केन्द्रीय सदस्य राजहरी आचार्यले बताए । सिन्धुली काठमाडौँ सम्पर्क समितिका सभापति एवं सहयोग सङ्कलन समितिका सदस्य अमृत आचार्यले पारदर्शी तरिकाले पीडितलाई सहयोग गरिने हुँदा उक्त अभियानमा सहभागी हुन विश्वभरका आचार्यहरूलाई आग्रह गरेका छन् । सहयोग गर्न इच्छुकका लागि समाजकोआचार्य बन्धु समाज–नेपालको नाममा हिमालयन बैङ्क नयाँबानेश्वर शाखामा रहेको खाता नम्बर ०२७०४३२६४४००१३ मा जम्मा गर्न सकिने बताएको छ । जम्मा गरेपछि जानकारीका लागिः ९८५१०२७२८३, ९८५१०६८०३२, ९८५१०५१७६३ सम्पर्क गर्न समाजले आग्रहसमेत गरेको छ ।
अहिलेसम्म सहयोग गर्नेको नामावली:
टिएन आचार्य – ७, ५०० ( संरक्षक)
सीताराम आचार्य ५००० (विशिष्ट सदस्य)
बाबुराम आचार्य– ५००० ( केन्द्रीय अध्यक्ष)
इन्द्र प्रसाद आचार्य : रु ३३३३ ( केन्द्रीय सचिव)
दिपक आचार्य– ३, १११ ( व्यवसायी)
अर्जुन प्रसाद आचार्य– रु २००५ ( बागमती प्रदेश सहसचिव, आचार्य बन्धु समाज नेपाल )
हरिबोल आचार्य (पूजनीय बुबा आमाका नाममा ः एक हजार ५००
रामहरि आचार्य– रु १०१०(केन्द्रीय सदस्य)
मनोज आचार्य– १००५ ( सहसचिव नेपाल सरकार )
राजकुमार आचार्य – १००५ ( आचार्य बन्धु समाज नेपाल नुवाकोट सभापति)
घनश्याम आचार्य: रु १००५( बागमती उपाध्यक्ष)
पुरुषोत्तम आचार्य : १००० ( नेकपा एमाले ललितपुर अध्यक्ष)
अभयमणि आचार्य: १००० ( जिल्ला सदस्य )
रमेश आचार्य: १००० ( बागमती प्रदेश पूर्व सदस्य)
हालसम्म सङ्कलित रकम :रु. ३४ हजार ४७४ मात्र