अपराध

हजुरबुवाको हत्याको अभियोगमा नाति पक्राउ

हजुरबुवाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । पर्साको ठोरी गाउँपालिका २ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा उनका आफ्नै नाति ३५ वर्षीय कृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको हो । कृष्ण लक्ष्मणका छोरीपट्टीका नाति हुन्।

आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा हजुरबुवा (लक्ष्मण)ले लठ्ठी मागेको कारण नाति (कृष्ण)ले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।