जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका – ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक ९ एसपी ० मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए । दुई–तीन दिनअघि हत्या गरेर शव लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।