समाचार

बढुवाका लागि मात्रै दुर्गममा जानेहरू बढेसंगै खरिदारको सरुवा रोकियो

काठमाडौं । सरकारले फागुन मसान्तसम्मका लागि खरिदारहरुको सरुवा रोकेको छ । संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुलाई पत्राचार गर्दै राजपत्र अंकित द्वितीय श्रेणीका कर्मचारीहरुको सरुवामा रोक लगाएको हो ।

निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापनसम्बन्धी संघीय मामिला मन्त्रालयले गर्दै आएपनि सम्बन्धित मन्त्रालय र निकायहरुले आन्तरिक रुपमा आफ्ना इकाइहरुमा कर्मचारी सरुवा गर्न सक्ने प्रावधान छ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम नायव सुब्बा वा सो सरहको पदहरूमा विज्ञापन प्रकाशित हुने ९खुल्ला प्रतिस्पर्धा तथा बढुवा० समय पुस महिनामा छ । तर, लामो समय समयदेखि सुगम स्थानमा बस्ने र प्रतिस्पर्धाभन्दाको समयभन्दा ठीक अघि बढुवा मिलाउन मात्र दुर्गममा जाने विकृति रहेको मन्त्रालयले जनाएको छ ।

यसरी बढुवका प्रयोजनका लागि मात्रै दुर्गममा सरुवा भएर जाने क्रम देखिएको भन्दै मन्त्रालयले विभिन्न निकायहरुबाट सरुवा सहमतिसमेत माग भई आउने गरेको बताएको छ ।

यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी ९खरिदार वा सो सरह०को पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा वसी सेवा गरी आएकाकर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने मन्त्रालयले जनाएको छ ।