समाचार

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ।मन्त्रिपरिषद्को बैठकले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले राष्ट्रियसभाको रिक्त हुने पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। निर्वाचन आयोग संगको परामर्श अनुसार मिति निर्धारण गरिएको बताइएको छ।आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुने भएकोले राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने ३५ दिन अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको हो । पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् ।