आर्थिक

एभरेष्ट बैंकद्धारा डिजिटल लिट्रेसी वित्तिय चेतनामुलक भिडियो जारी


काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्र्तगत वित्तिय चेतनामुलक ५ ओटा भिडियो जारी गरेको छ ।बैंकले अन्तर्गतवित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरी जारी गरेको हो । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले बताए ।

ती भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग,–बत्तीधारातथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको बैंकले जनाएको छ ।

उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हु बैंकले आशा लिएको छ ।बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआइ) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ।