काठमाडौं । सिमकार्ड सेवा प्रदायक कम्पनी एनसेलबाट अजियाटाले आफ्नो सेयर बेच्ने भएको छ ।
आजियाटा कम्पनी र एनसेलका २० प्रतिशत सेयर होल्डर सतिसलाल आचार्य र सचिनलाल आचार्यलेले खरीद गर्नेगरी अजियाटा कम्पनीलाई एनसेलबाट बाहिर लाने सहमती भएको छ ।
एक अर्ब ३० करोड खुद नाफा भएको बताईएको एनसेलको सेयरहोल्डर अब आचार्य समूहले एकलौटी पार्ने भएको छ ।
कर नतिरेर बिबादमा परेको एनसेल पछिल्लो समय सर्बसाधारणमासमेत राम्रो छबि बनाउन सफल देखिएको छ । एनसेलले उक्त कुरा एक विज्ञप्तीमार्फत जानकारी दिएको छ ।