समाचार

राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेका छन्ः ओली


बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए ।

गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।