आर्थिक

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यल नयाँ रेकर्ड बनाएको छ। छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य अहिले सम्मकै उच्च रहेको बताएको छ। विहिबार सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँको उच्च रेकर्ड बनेको थियो भने शुक्रबार ३०० सय रुपैयाँले घटेर १ लाख १९ हजार भएको थियो। आज आइतबर भने १८ सय रुपियाँले बढेको हो।

चाँदीको मुल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ। आज चाँदी १५४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको हो।