समाज

बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स,अपांगता भएका र सुत्केरीलाई निःशुल्क सेवा

काठमाडौँ। बेलकोट गढी नगरपालिकाले तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बेलकोटगढी नगरपालिकाले तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले आफु निर्वाचित भैसकेपछि सपथ खानेबेलामा ६ वटा एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका थिए। । आफ्नो बाचा पुरा गर्नको लागि नगरपालिकाले तीन वटा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख गुरुङले मङ्गलवार बेलकोटगढि नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो।


उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख,कर्मचारी लगायतको सहभागिता रहेको थियो । एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताए।