स्वास्थ्य

चिसो मौसममा आफुलाई  कसरी रोगबाट टाढा राख्ने ? लागिहाले के गर्ने ? 

काठमाडौँ । मौसमी तापमान घटिरहेको छ । तापक्रम घट्दै गएको छ । चिसो बढ्दै गइरहेको  अनुभव हुँदै आएको छ।  । बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदै छ। अझै दिउसो घाम नलाग्दा त निकै चिसोको भान हुन्छ । आज देशका विभिन्न पहाडी भेगमा भएको हिमपात र वर्षाले जनजीवन प्रभावित भएको छ  बदलिँदो  वातावरणसँगै हाम्रो शरीरमा धेरै किसिमका परिवर्तन हरु आउँछन् र केही समस्याहरुपनि निम्तिन सक्छन् । विशेष  गरी चिसोमा आफ्नो स्वास्थ्यमा के कस्ता प्रभाव र  असर पर्न सक्छन् त भन्ने कुरामा  भने हामी आफैँ  सजग हुन जरुरी हुन्छ । गर्मी मौसममा देखिने रोगहरु र जाडो मौसममा देखिने रोग केही फरक हुने गर्छन् । 

  चिसो मौसम बढ्दै जाँदा चिसो मौसममा देखिने र पहिले भएका दीर्घकालिन बिरामीमा संक्रमणको जोखिम बढ्दै जाने गर्दछ। दीर्घकालिन रोग नभएकाहरु पनि चिसोबाट कसरी बच्ने त ? आज हामी यसै विषयमा जानाकारी राख्दै छौँ । 

विशेष गरी चिसोमा बालबालिका, बृद्ध-बृद्धाहरुलाई चिसोले धेरै समात्ने गर्छ । उनीहरुलाई जाडो महिना कष्टकर जस्तै भएको पाइन्छ । जसका कारण बिरामी पर्ने समस्याहरु हुने गरेको पाइन्छ । बृद्ध–बृद्धा र बालबालिका मात्रै नभई सबैले चिसोमा खानपान देखि लिएर धेरै कुरामा विशेष ध्यान दिन चिकित्सक हरु सुझाउँछन् । चिसोमा तातो खानेकुरा हरु खाने, न्यानो कपडा लगाउने, लगायतका सुझाव चिकित्सकहरुले दिने गरेका छन् । सकेसम्म रोग लाग्नै नदिने , लागिहाले पनि यी उपायहरु अपनाउन चिकित्सकहरुले सुझाउँछन् ।   

जोर्नी दुख्ने समस्या 

जोर्नीमा हुने समस्या जस्तै बाथ का रोगीहरुले विशेषतः जाडो मौसममा झनै बढी ध्यान दिन आवश्यक हुन्छ। बाथ रोग लागी औषधिको सेवन गरी रहेका बिरामीमा चिसोको कारण दुखाइ बढ्ने जोर्नी सुन्निने समस्या बढेर जान सक्छ। त्यस कारण त्यस्तो बिरामी वर्गले आफूलाई चिसोबाट बचाउन विशेष ध्यान दिनु पर्दछ।

सामान्य मौसमी रुघाखोकी 

   यो मौसमी फ्लु भएका हुनाले केहि दिनको अन्तरालमा आफैँ निको हुने र गाह्रो भएको खण्डमा केही एलर्जी हटाउने औषधि र ज्वरो देखा परेमा प्यारासिटामोल मात्रै लिन सकिन्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह बिना र अन्य संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक्स औषधिको प्रयोग आवश्यक पर्दैन। 

दम  

यो रोग लागेका बिरामी वर्गले चिसो मौसममा विशेष ध्यान पु¥याउन नसकेको खण्डमा छातीको संक्रमणको जोखिम बढ्ने गर्दछ। निमोनिया, ब्रोन्काइटिस जस्ता रोग लागी अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आउन सक्दछ भने कहिले काँही छातीको गम्भीर संक्रमणले ज्यान पनि जान सक्दछ। दम भएका बिरामीले आफूलाई न्यानो राख्ने, तातो पानीको सेवन गर्ने, आफूले दमका लागि प्रयोग गर्दै आएका औषधिको नियमित सेवन, चिकित्सकसँग निरन्तर सम्पर्कमा बस्नुपर्दछ।

घाँटी तथा माथिल्लो श्वास नलीका संक्रमण 

चिसो समयमा घाँटी तथा माथिल्लो श्वास नलीका संक्रमणहरु सामान्यतया धेरै नै देखिन्छ। टन्सिल संक्रमण हुनेदेखि श्वासनलीमा संक्रमण हुने हुँदा बिरामीलाई घाँटीमा दुखाइ हुने, निल्न गाह्रो पर्ने, खोकी लाग्ने, रुघा लाग्ने देखी कहिलेकाहीँ ठुलै संक्रमणसम्म देखा पर्ने हुन सक्दछ। त्यस्तो समस्या आएमा चिकित्सकको सल्लाहमा सामान्यदेखि कहिलेकाहीँ एन्टिबायोटिकको सेवन पनि आवश्यकता पर्दछ।