सूचना प्रविधि

रेड्मी १२ सीः भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन

काठमाडौँ । शाओमीको रेड्मी सिरिज नेपाली बजार सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२सी ले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पु¥याउन सफल भएको कम्पनीले जनाएको छ । यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।
रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३,४९९ रहेको छ । थप स्टोरेज चाहने ग्राहकहरुको लागि ४ जीबी + ६४ जीबी भेरियन्ट मात्र रु १४,४९९. र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, रेड्मी १२सी को बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन् । साथै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।

रेड्मी १२सी मा भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन , शक्तिशाली प्रोसेसर, प्रभावशाली डिस्प्ले, लङ ब्याट्री लाइफ, उत्कृष्ट डिजाइन र क्यामेरा सिस्टमको साथ रेड्मी १२सी ले ग्राहकलाई यस प्राइस रेन्जमा अपेक्षा गरेको भन्दा पनि धेरै प्रदान गर्ने कम्पनीको भनाई छ।