आर्थिक

सिप्रदीको मेकानिक्स तथा पार्टस बितरकहरुको भेला

२० मङ्सिर, काठमाडौं । सिप्रदी अटोपार्टस प्रा.लि ले मंगलबार प्रदेश सातको धनगढीमा टाटा गाडीहरुसगं सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ।

भेलाको प्रमुख उद्धेश्य टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने रहेको कम्पनीको दाबी छ । यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिस्ठ महा-प्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाईदाहरुको बारेमा प्रकाश पारे ।

सो कार्यक्रममा करिब ५० जनाको उपस्थिती थियो र कार्यक्रम सिप्रदी अटोपार्टसका क्षत्रिय प्रबन्धक डम्बर चन्दले गरेका थिए । साथै उत्कृष्ठ काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको थियो ।