राजनीति

माओबादीसँग यसैगरी गठबन्धन गरिरहे काँग्रेस समाप्त हुन्छः बरिष्ठ नेता डा कोईराला

२२ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्न नहुने बताएका छन् ।
उनले आज रिता शाहीद्वारा लिखित एक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै काँग्रेसले बिचार मिल्ने प्रजातान्त्रीक पार्टीहरुसँगमात्र गठबन्धन गर्नुपर्ने भन्दै यसैगरी माओबादीलगायतका कम्युनिष्ट पार्टीसँग गठबन्धन गरिरहे काँग्रेस आउँदो चुनावमा समाप्त हुने दाबी गरेका छन् ।
पार्टीभित्र आन्तरिक छलफल हुनु स्वभाबिक भएको भन्दै काँग्रेसले भ्रष्टाचार र शुसासनका लागि काँग्रेसले लागि पर्नुपर्ने विचार ब्यक्त गरे । उनले देश शुधार्न काँग्रेसले आफु लोकतान्त्रीक पार्टी भएकाले पहिले पार्टी सुध्रनुपर्ने तर्क गरे । कार्यक्रममा डा कोईरालाका साथमा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, पुर्वसांसद रञ्जित कर्ण लगायतले आफुनो बिचार ब्यक्त गरेका थिए ।
अहिले माओबादी केन्द्रलगायत कम्युनिष्ट पार्टीहरुसँग मिलेर माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्री बनाएको अवस्थामा डा कोईरालाको कडा टिप्पणी आएको हो ।