२७ मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदक र पुरस्कार पाउनेको नाम सार्वजनीक गरेको छ । त्रिविले आज एक सूचना सार्वजनीक गर्दै पदक र पुरस्कार पाउनेको नाम सार्वजनीक गरेको हो ।
सुचना अनुसार विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहको अवसर पारेर २७ जनाले पदक तथा पुरस्कार वितरण गर्न लागेको हो । दीक्षान्त समारोह पुष २ गते हुदै छ ।
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार सहभागी हुने र ७३ हजार विद्यार्थीहरू दीक्षान्त हुने त्रिविका परीक्षा उपनियन्त्रक डा. पवन बरालले जानकारी दिएका छन् ।
