३० मंसिर, खोटाङ । खोटाङ सेवा समाज कतार तथा किराँत राई यायोख्खा कतारले संयुक्तरुपमा हलेसी लुवाचुङ्ग खोटाङ कि प्रमुख बिमला राईको स्वागत तथा भेटघाट कार्यक्रम दोहा स्थित वल्र्ड दरावार नेपाली रेष्टुरेन्टमा डिसेम्बर १५ का दिन आयोजना गरेको कार्यक्रममा कतारका विभिन्न एक दर्जन भन्दा बढीका प्रतिनिधिहरु उपस्थित रहेको सो कार्यक्रममा डेनमार्क देखि कतारसम्म देखेका बिकास तथा संरचनाहरुबाट धेरै कुरा सिकेको कुरा बताए साथै उनले आफुले स्थानीय तहमा घरेलु उत्पादनलाई प्राथमिकतामा जोड दिईरहेको कुरा बताए ।
यहाँ आर्जन गरेको सिपलाई आफ्नो माटोमा सदुपयोग गर्न ढिला नगर्न आग्रह गर्दै त्यसको लागि उचित ब्यबस्थापनको बाताबरण मिलाउन आफ्नो तनमनले सहयोग गर्ने कुरामा समेत प्रतिबद्धता प्रकट गरे। आफू उप–प्रमुख हुँदै प्रमुख सम्म हुँदा पनि आफुले चाहेजस्तो बिकास गर्न नसकिरहेको भएपनि व्यापक सुधार भने अवस्य भएको कुरा समेत अवगत गराए ।
राई डेनमार्कको डिआइपिडी निजि संस्थाको निमन्त्रणाबाट फर्किने क्रममा कतारको दुई दिने भ्रमणमा रहेका थिए ।