समाचार

डा .गोबिन्द केसी को अनशन प्रती सुदुरपश्चिममा असन्तुष्टि

१ पुस,कैलाली । चिकित्सा क्षेत्रमा सुधार को अभियान कर्ता डा.गोबिन्द केसी धनगढीमा अनशन बसेपछि उनको अनशन प्रती यहाँ असन्तुष्टि जनाइएको छ ।

केसीले गेटा कलेजलाई प्रतिष्ठान मार्फत अगाडि बढाउनुपर्ने लगाएत को माग अघि सारेपछी उनको अनशन प्रती स्थानीय असन्तुष्ट बनेका हुन ।

शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले समेत केसीको अनशन  प्रदेशबासीको माग विपरीत देखिएकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको प्रष्ट पारेको छ । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डे “आगो”ले  डाक्टर केसीलाई ६ सय शैयाको अस्पताल सहितको मेडिकल विश्वविद्यालयको मागलाई समेत समेट्न आग्रह गर्दा विश्वविद्यालयको पक्षधर होइन भनेपछि गेटामा अनसन बस्न नदिएको कुरा साँचो भएको बताए ।‘

उनलाई हामीले ६ सय शैयाको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन । म यो माग हाल्दिन भन्नुभयो,’ पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे हौँ भनेर तुच्छ व्यवहार गरे । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौँ भनेकै हो ।’ सुदूरपश्चिमबासीको मुद्दामा धावा बोल्नेलाई प्रदेशबासीले बहिष्कार गर्ने उनको भनाई थियो ।

शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका डाक्टर केसी संघर्ष समितिसँग विवाद भएपछि फर्किएका थिए । उनी साँझ नै धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका छन् ।

तर केसीले मेडिकल विश्वविद्यालयको माग भन्दा बाहिर गएर प्रतिष्ठानको कुरा उठाएको भन्दै उनको अनसनको विरोधमा धनगढी प्रदर्शन समेत गरिएको छ ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले बिरोध प्रदर्शन गरेको हो ।