समाचार

डडेल्धुरामा आगलागी बाट २ करोड बढीको क्षेती

डडेल्धुरा- डडेल्धुरामा आगलागी बाट २ करोड बढीको क्षेती भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा शनिबार राति आगलागी हुँदा रु २ करोड ८६ लाख बराबरको क्षति भएको हो। स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको एक करोड बिस लाख, कैलपाल मेडिकलको असी लाख र शिशिर फेन्सीको पनी असी लाख बराबरको नै सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले बताएका छन् ।

अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन् । हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ ।