समाचार

अवैध रुपमा ल्याइएको १६ टन प्याज बरामद

काभ्रेपलाञ्चोक, १ पुस- काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा प्याज बरामद गरिएको हो ।