२ पुस, वेलिङ्टन । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सोमबार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेट्न बुधबार सिड्नी जाने बताएका छन् ।
“गठबन्धन सरकारले सम्बन्धमा लगानी गर्न, समृद्धि बढाउन र हाम्रो सुरक्षा प्रवर्द्धन गर्नका लागि नयाँ तत्परता र तीव्रताका साथ अन्तर्राष्ट्रियस्तरमा काम गर्नेछ”, उनले भने ।
उनका अनुसार अस्ट्रेलिया न्युजिल्यान्डको सबैभन्दा महत्त्वपूर्ण साझेदार मुलुक हो । दुई मुलुक गहिरोसँग जोडिएको र जनता–जनताबीचको सम्बन्ध बलियो भएको उनले बताए ।
“हाम्रा दुवै अर्थतन्त्र एकापसमा गहिरोसँग जोडिएका छन् र हामीले तस्मानका दुवै किनारमा व्यापारिक वातावरण सुधार गर्न अधिक ध्यान दिनुपर्ने आवश्यकता छ”, उनले भने ।
उनका अनुसार सिड्नीमा उनले केही प्रमुख लगानीकर्ताहरूसँग भेट गनेछन् । सिड्नीमा हुने छलफलले ट्रान्स–तस्मान सम्बन्धका सबै मानिसलाई फाइदा पुग्ने उहाँले बताए ।