समाज

पाल्पामा टिपर दुर्घटना बाटा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित मिसन अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।