मनोरञ्जन

चन्द्रलाल तामाङको शब्द श्रृजनामा “लाखौं फूलहरूमा” सार्वजनिक

८ पुस काठमान्डौं । नेपाली सांगीतिक जगतमा नौलो आयाम थपेको छ । माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना रहेको गीतको भिडियोमा गणेश छेत्री तथा रितिका गुरुङको अभिनय देख्न सकिन्छ ।

विशाल निरौलाको एरेन्ज, रन्जन राईको रेकर्डिङ तथा मास्टरिङ रहेको गीतको भिडियोको निर्देशन ायअगक एजयभलष्ह तभबm ले गरेका छन् । नविन तोलाङगीको सिनेमाटोग्राफी, राजाराम सिम्खडाको कोरियोग्राफी, राज धामीको सम्पादन रहेको भिडियो सबै पक्षबाट राम्रो बनेकोले सबैले मन पराउनेमा ढुक्क रहेको कुरा निर्माण समूहले बताएका छन् ।