समाज

नवलपुरको जंगलमा सासु–बुहारी मृत अवस्थामा भेटिए

९ पुस, नवलपरासी । पूर्व (नवलपुर)को जंगलमा सासु–बुहारी मृत अवस्थामा भेटिएका छन् । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा सासु–बुहारीको मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको हुन् ।

उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको शवलाई मध्यविन्दु अस्पतालमा ल्याएर राखिएको छ ।