१३ पौस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
२०७९ साल भदौ २१ गते नुवाकोटकी एक युवतीले आफुलाई एयरपोर्टको एक होटलमा लगी आफुलाई बलात्कार गरेको भनी दिएको निबेदनमा दुबै पक्षको बहसपछिको सुनुवाईको क्रममा सन्दीप लामिछानेलाई आजको न्यायधीश शिरिरराज ढकालको इजलासले दोषी ठहर गरेको हो ।
युवतीले भदौ ५ गते आफुलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको आरोप लगाएकी थिईन् । भदौ ५ पछि लगत्तै क्रिकेट खेल्न बिदेश गएका लामिछानेलाई एक महिनामा नेपाल फर्किदा अन्तर्राष्ट्रिय बिमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले २५ गते पौषमा थप निर्णय गर्ने भनेको र के कति सजाय हुन्छ भन्ने नखुलेपनि ३ बर्ष जेल हुने कानूनी ब्यवस्था भएको बहस भईरहेको छ ।