समाचार

बालकुमारी घटनाको बिरोध गर्दै राप्रपा नेपालको बिरोध प्रदर्शन

१४ पुस, काठमान्डौं । ललितपुरको बालकुमारीमा हिजो भएको घटनाको बिरोध गर्दै राप्रपा नेपालले आज काठमाडौंको जमलमा बिरोध प्रदर्शन गरेको छ । पार्टी आबद्ध जनबर्गिय संगठनहरुले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।

‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर दोषी माथी कारबाही गर“ भन्दै प्रदर्शनकारिले नाराबाजी गरेका छन् ।

मृतकका परिवारलाई क्षतिपुर्ती दिनुपर्ने भन्दै युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।