१३ पौस, काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाजले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश गठन गरेको छ । केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बञ्जारा, उपाध्यक्ष बाबुराम आचार्य, कोषाध्यक्षलगायतका प्रतिनिधिहरुको उपस्थितिमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समिति गठन भएका हुन्।
गण्डकी प्रदेश कमिटी पोखरास्थीत होटल पावर हाउस रिसोर्टमा सम्पन्न भएको थियो भने लुम्बिनीको अधिवेशन घोराहीस्थीत सिटीप्लाजा होटल दाङ घोराहीमा सम्पन्न भएको थियो । यसैगरी कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको छिन्चुस्थित मनकामना होटलमा सम्पन्न भएको थियो ।
कौण्डिन्य गोत्रका ११ वटा बिभिन्न थरहरुको समिति रहने गण्डकी प्रदेशको अधिवेशनबाट गण्डकी अध्यक्षमा अर्जुन बंजारालाई निर्बाचित गरेको छ भने लुम्बिनी प्रदेशको अध्यक्षमा गोबिन्द प्रसाद न्यौपाने, उपाध्यक्ष लालचन्द्र बंजाडे, महासचिवमा निशान्त आचार्य, सचिवमा लोकराज पराजुली, कोषाध्यक्षमा माधव प्रसाद साप्कोटा लगायतको ११ सदस्यीय समिति निर्बाचित भएको छ ।
यसैगरी कर्णाली प्रदेशको अध्यक्षमा महेन्द्र आचार्य निर्बाचित भएका छन् भने महासचिवमा सापकोटालगायत निर्बाचित भएका छन् । कौण्डिन्य महासमाजले मधेश प्रदेशबाहेक सबै प्रदेशमा महासमाज गठन गरिसकेको छ भने माघ पहिलो हप्ता मधेश प्रदेश गठन गरिने कोषाध्यक्ष नारायन न्यौपानेले जानकारी दिए । महासमाजले यही फागुन ७ गते महासमाजको केन्द्रीय अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ ।
अधिवेशन कार्यक्रममा नवनिर्बाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले सपथ खाँदै आफुहरुले कौण्डिन्य गोत्रीय महासमाजलाई अगाडी बढाउन बिधान, परम्परा अनुसार लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।









