समाज

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट डडेल्धुरा घर भएका प्रहरी जवानको मृत्यु भएको छ ।

हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकको ठक्करबाट डडेलधुरा आलिताल गाउँपालिका—६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीको मृत्यु भएको हो । पीटी दौडिँदै गर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका ऐडीको हेटौडा अस्पतालमा मृत्यु भएको थियो ।

अरु दुई जना घाइते भएका छन्। मोटरसाइकलको ठक्करबाट प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र अर्का प्रहरी जवान विजय खत्री घाइते भएका छन् । मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक हेटौंडा उपमहानगरपालिका –४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् ।