२० पुस, काठमाडौैं । सर्लाहीमा भएको झडपमा कारण एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयलाई लिएर स्थानीयल गरेको प्रदर्शनमा झडपका क्रममा एक जनाको मृत्यु भएको तर पहिचान भने नखुलेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए ।
सर्लाहीको बरहथवामा नगरपालीकाले प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय लागु नभए नभएको भनी स्थानीयले प्रदर्शनका गरेको जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरी हवाई फायर तथा अश्रुग्याँस प्रहार भएको बताएका छन् ।