समाचार

सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेन

२५ पुस, चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन सञ्चारकर्मीसँग यहाँ आज कुराकानी गर्दै उनले सङ्घीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, “हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।” सङ्घीयतका धेरै विषय कार्यान्वयनमा आइसकेको उनले बताए ।

प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताए । “शिक्षा ऐन छलफलको क्रममा रहेको छ”, उनले भने ।