समाचार

संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल

२८ पुस, काठमाडौँ । संवैधानिक कानुन व्यवसायी मञ्चको २१ औँ साधारणसभाले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लीलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जायसवाल निर्वाचित भएका हुन् ।

दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्षमा ओमप्रकाश अर्यालले जानकारी दिए । मञ्चको संस्थापक अध्यक्षमा डा भीमार्जुन आचार्य, पूर्वअध्यक्षमा कुमार रेग्मी, टीकाराम भट्टराई, डा चन्द्रकान्त ज्ञावली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईँ, दिनेश त्रिपाठी छन ।