प्रदेश 1

इलामलाई पहाडि विकासका लागि फेरि सलाम

प्रा डा नृहि खत्री /इलामलाई मैले यसपालि सागङ्गरुम्वाको पहिरो छेउबाट सलाम गरी रहे । डाडै डाडा हिडदै पहाड उक्लदै ओलर्दै ढोगे । वोजु फिपरानी ले दिएको चीया पाच वर्ष अगाडि खाएको थिए । फिपरानी वित्नु भएछ । उहको वैनीले अनि कातिवर्ष पछि भेट भाको सर ? भन्नु भएर खुशीको हाँसो छोड्नु भयो ।
इलाममा हवाइ जहाज वसेको आँखैले देखियो । पाच सात पल्ट चाही म पनि सो मैदान निरीषण गर्न पुगीसकेको रहेछु । जहाजको लागि मैदानको शिलान्याश गर्ने काम तात्कालीन प्र.म. जे एन खनालले गरेको थिए । त्यसको योजनाको थालनी राज्य मन्त्री थापाले गरेको थिए । थापा इलाम क्याम्पसका विद्यार्थी हुन् । उनले इलाममा हवाई मैदानकालागि मन्त्रालय बाटै पाँचजना इन्जीनियर, एक जना अधिकृत र आफु समेत टोली ल्याएका, हामीहरुका अगाडि वसेर “लौ मत केही जान्दीन मैले प्राविधिक ल्याइ दिएको छु तपाइहरुले राय, सल्लाह दिएर छलफल गर्नु होस भनेको” आखिर २२ वर्ष पछि सो साकार भएको हेर्न पाइयो ।
तल माइवेनीमा मेला अलिअलि लाग्ने सुर सारमा रहेछ । भारत दार्जिलिग मिरीक खर्शाग तिरबाट हाम्रो नेपालीहरु गाडि लिएर धेरै आएको लश्कर गोधकमा देखियो । तलतल माई खोलाको वगरमा खेत गरागरा विराएका रहेछन । त्यहा मानिसहरु आपना आपना कटेरामा व्यापार गरेको देखियो । केही दिन पहिले सटके भन्ने स्थानमापनि ३ दिने मेला थियो अरे । होटल थापेर तीन चार लाख कमाएको भन्ने पनि वस्तिमा गफ सुनियो ।
शाँखेजोगको प्राविधिक शिक्षालयमा ५०० जना विद्यार्थीहरु हाल अध्ययनरत रहेका रहेछन् । उनीहरु इलाम र नेपालका अन्य भागहरुबाट आँउदा अध्ययन तर रहेछन। यो पनि विकासकालागि राम्रो पक्ष हो । उनीहरुलाई थाम्नु, बढाउनु पर्दछ । इलाममा अहिले कृषि, अलैची चीया अध्ययन तथा अनुशन्धान केन्द्र स्थापना गर्नकालागि त्यही जग्गा सम्याउने काम भइरहेको पनि थाहा पाइयो । इलाममा विद्याँलय स्तरको शिक्षाकालागि अझै राम्रो भविष्य देखिन्छ किनकी दार्जिलिग र खार्साङ्गबाट, व्यावशायिक, शिद्धहस्त, नैतिकवान, असल, पेशेवर शिक्षकहरु, झिकाएर नानी वावुहरुलाई असल तालिम दिन सकिन्छ । हाम्रा भन्नेले भाका टिपेनन यसमा दुख्ख त लाग्छ नै ।
गोदकमा चीया खान वसेकोमा “तीन जना नानी वावुहरुलाई अँग्रेजीमा जिश्काएको थिएँ । उनीहरुले नेटिम स्पीकर जस्तो टन बनाएर म सग राम्रो वोले । यो शीप, कला र अभ्यासले पछिको उनीहरको जीवनको शिक्षालाई टेवा दिन्छ । सीमावर्ति छिमेकीको हुने खाने, धनी र वैभवशाली भएको लाभ यो पनि हो । माईखोला माथि बाटो जस्ताको तस्तै रहेछ । रोङ्ग गा। पा। र झापाको सिमानामा भने बाटो खत्तम रहेछ । स्थानीय सरकारको ध्यान पुगोस् ।
वाटोको लागि सवैले लाग्नु पर्ने देखियो ।
अझै काम गर्न पर्ने धेरै वाँकी रहेछन । स्थानीय सरकारले मिलेर, केन्द्र, प्रदेश तथा स्थानीय तहको श्रोत, साधन, जनशक्तिको भरपुर प्रयोग गरी विकासलाई अगाडि लैजाने काम गर्न वाँकी देखियो । यो छिटो तर पक्का तरीकाले गरे राम्रो होला । विर्तामोड, इलामकालागि साना गाडि उँधो उँभो आउदामा नियममा चलोस । सीटमा मान्छे राखुन । सरसामानहरु, लगेज हिफाजतन होस् ।
खाना निकै महगो भयो भन्ने गुनाशो सुने । अनि नरमपना हराएछ भन्ने पनि सुने । अव पदयात्रा मार्गहरुको रुट इलामले विकास गरोस । इलामको उत्पादनहरु चीया, अम्लिशो, ओलन, अकवरे, आलु र अदुवा र अ अध्ययन अवलोकन पर्यटन अगाडि । नेपाली र विदेशीहरुले इलाम जान चाहान्छन । एक जना विदेशी पइृटक शिलपुर बाट सडकै सडक हिडदै, उज्यालो हसिला अनुहार बनाएर १८० डिग्रीको नजरमा वरपर हेर्दै हिडिरहको थियो । पारी पारी नाम्शालिग, फुटूक, इलाम को घुमाउने सागरुम्वा तिरबाट न्याउलीहरु, ढूक्कुर, खर मुजुर पनि जङ्गलमा वासिरहको थिए ।
भालुखोप र सडकेमाथि त वाघले वाख्रा खायो भन्ने पनि मलाई सुनाए । जे भएपनि यो वाघ, भालु, गैडा हात्तिहरुलाई बन जङ्गल जोगाउने वनका इन्जिनियहरु मानेर अध्ययन गर्न आनन्द आउदछ, जो अहिले चितवनले गरेको र पर्यटकहरु बढाइरहको छ । यो पर्यटकीय गन्तव्य स्थलमा परेको हुदा यसको विकासको स्तर माथि माथि बढोस् । यसका लागि म र व क्याम्पसका साथिहरुले नेत्रित्व लिएर अगाडि जानु उपयुक्त हुने देखिन्छ । गाँउ शहर तथा सम्पन्न विपन्नको सुमधुर सम्वन्धकालागि साना साना विकासका पाइलट प्रोजेक्टहरु गाँउ र टोलमा थालनी गरीयोस ।
गाँउ घरमा आमाहरुकालागि, वाल वालिकाहरु, जेष्ठ नागरीकहरुकालागि स्वास्थ्यको उपचार राम्रो हुने स्वास्थ्य शाखा केन्द्र वा सस्था होस भन्ने माग राखेको पाएँ । मलाई चिनेर जानेर धेरै धेरै मानिसहरुले भनेको, उत्तर दिएको, थाहा पाएकोले यसमा पनि सवै सरोकारवालाहरुले चासो दिनकालागि विनम्र अनुरोध गर्दछु । इलामलाई फेरि सलाम विकासकालागि ।

(प्रा डा खत्री वरिष्ठ अधिवक्ता हुन् ।)