४ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेशतहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक छ भनेका छन् ।
उनले संघियता खारेज हुनुपर्छ, प्रदेशस्तरीय संरचनाको आवश्यकता छैन भन्ने आवाज सशक्तरुपमा उठिरहेको अवस्थामा रहेकोमा त्यसो गरिनु गलत भएको तर्क गरेका छन् ।
अध्यक्ष थापाले यस कार्यबाट शान्तिसुरक्षाको अवस्था झन खलवलिने छ। प्रहरीको मनोवल गिर्नेछ, अराजकता बढने आँकलन गर्दै उक्त कार्य तत्काल रोकिनुपर्छभनेका छन् ।
उनको भनाईः
संघियता खारेज हुनुपर्छ, प्रदेशस्तरीय संरचनाको आवश्यकता छैन भन्ने आवाज सशक्तरुपमा उठिरहेको अवस्थामा प्रदेशतहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक छ। यस कार्यबाट शान्तिसुरक्षाको अवस्था झन खलवलिने छ। प्रहरीको मनोवल गिर्नेछ, अराजकता बढ्नेछ। यो काम तत्काल रोकिनुपर्छ।
