४ माघ, वीरगंज । शैक्षिक शहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्धारा ठाकुरराम बहुमुखी क्याम्पस प्रध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको समुदघाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान पर्साले बिहिबार ठाकुरराम बहुमुखी क्याम्पसका एक कार्यक्रमको आयोजना गरी प्रध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको समुदघाटन एवं हस्तान्तरण गरेको हो ।
स्व. मुकुन्द प्रसाद खनालको स्मृति दिवसको अवसर पारी क्याम्पसका अवकास प्राप्त प्रध्यापकहरुको दोसाला ओढाएर सम्मान कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रमका उपस्थित व्यक्ताहरुले शैक्षिक सहिद स्व. खनालले शिक्षा क्षेत्रमा गरेको योगदानकै कारण उनी जिवित रहको जनाए । शैक्षिक सहिद स्व. खनालले विरगंज देखि गौशाला सम्म शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याएको कुरा सबैले स्मर्ण गरेका थिए ।
कार्यक्रममा प्रध्यापक संघका पूर्व सभापती शत्रुधन यादव, डाक्टर हरेराम यादव, कर्मचारी संघका अध्यक्ष किशोरी चौधरी, बार एशोसिएसनका अध्यक्ष कमल मोहन पोखरेल, पूर्व क्याम्पस प्रमुख, प्रध्यापक डाक्टर महेन्द्र गुप्ता, केदार प्रसाद साह, डाक्टर उमेश चौरसीया, अवधेश कुमार झा, प्रकाश थारु प्रतिष्ठानका अध्यक्ष प्रकाश थारु, वरिष्ठ दन्त डाक्टर मनोज उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतले मन्तव्य व्यक्त गरेमा थिए ।
द्धन्द कालमा शैक्षिक सहिद स्व. खनाललाई बाराको पिलुवामा बसमा आगो लगाएर उनी सहित १९ जनाको मृत्यु भएको थियो ।