४ माघ, काठमाडौँ । महालक्ष्मी नगरपालिकाका प्रवीण रानामगर र ललिपतुर महानगरपालिकाकी सुरुचि मोक्तानले १४ औँ ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्ण जितेका छन् । प्रवीण छात्र तथा सुरुचि छात्रामा पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको चार सय मिटर दौडको छात्रमा गोदावरी नगरपालिकाका सौरभ ढकाल र छात्रामा ललितपुरकी कल्पना निरौला, एक हजार पाँच सय मिटर दौडको छात्रमा ललितपुरका निराजन जैसी र छात्रामा ललितपुरकी सहारा वाइबा तथा ज्याभ्लिन थ्रोको छात्रमा ललितपुरका समिर तामाङ र छात्रामा गोदावरीकी छिरिङ मेतोक्स गुरुङले पहिलो स्थान हात पारे ।
ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको त्रिपलजम्पतर्फ छात्रमा ललितपुरका सुवास कुमाल र छात्रामा ललितपुरकी मानवी ज्ञवालीले स्वर्ण जिते । चार गुणा एक सय मिटर रिलेको छात्रमा गोदावरी तथा छात्रामा ललितपुर पहिलो बने ।