सुदूरपश्चिम

दार्चुलामा राइसिंह धामी र बिन्दु धामीले बुढेसकालमा धुमधाम संग बिहे गरे

 ७ माघ, दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले बुढेसकालमा धुमधाम संग बिहे गरेका छन् । पनाती समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसंग बिहे गरेका हुन ।

दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञपरिक्रमासहित सबै विधि पुरा गरेर शुक्रबार घरभित्र साँस्कृतिक परम्परासहित बिहे गरेका हुन  ।

शुक्रबार बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुलाका नाती भगतसिंह धामीले जानकारी दिए ।

बेहुला (दुलाहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको छ । दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।