समाचार

प्रधानमन्त्री दहाल नेपाल फर्किँदा आधा घण्टा एयरपोर्ट बन्द !

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल दोहाबाट काठमाडौं अवतरणको तयारीमा हुँदा त्रिभुवन अन्तराष्ट्रिय बिमान्स्थलका अन्य बिमानहरु रोकिएको समाचार छ ।
कतार एयरवेजबाट बिहान ९ बजे प्रधानमन्त्री दाहाल अवतरणको तयारी भएका बेला आधा घण्टाका लागि अन्य बिमानहरु उड्न तथा अवतरणमा रोक लगाईएको समाचार स्रोतहरुले बताएका छन् ।
प्रधानमन्त्री आउँदा सुरक्षाका कारण वा अन्य कारण अन्य उडान रोकिएको हुनसक्ने देखिन्छ । बिमानस्थल प्रशासनले भिआईपी उडानका कारण बिमानस्थल बन्द भएको जानकारी दिएको छ ।