अन्तर्राष्ट्रिय

फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

७ माघ, मनिला । फिलिपिन्सको दक्षिणी भागमा पर्ने डाभाओ क्षेत्रमा गएको पहिरो र भीषण बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार डाभाओ डे ओरो प्रान्तमा १३ जना र डाभाओ शहरमा दुई जनाको मृत्यु भएको छ । सो प्राकृतिक प्रकोपमा कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ ।

एजेन्सीले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका पाँच प्रान्तमा ठूलो वर्षाका कारण बाढी र पहिरोबाट ८३ हजार परिवारका ३ लाख ४९ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको जनाएको छ ।

सोमबारदेखि बिहीबारसम्म परेको भारी वर्षाले यस क्षेत्रमा निम्त्याएको छ ।