कञ्चनपुरमा आज सोमबार एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत अवस्थाम फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाउको छ ।