प्रदेश 1

चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री भन्छन, सयदिनमा दिए जन्तालाइ मुटु उपहार, ‘थारुहरु सधै भिखमगिरहने नबनौ’ भन्छन् बेद गच्छादार

९ माघ, दुहबी । थारु कल्याणकारी सभा बर्जुको आयोजना मा चौथो बर्जु महोत्सव सम्पन्न भएको छ। थारुजातिको बिभिन्न भेसभुसा, परम्परागत रितिरिवाज, खानाका परिकार, परम्परा र संस्कृति झल्किने बाजा सांस्कृतिक कार्यक्रम सहित महोत्सव सम्पन्न भएको थियो।। थारुकल्याण कारीणिसभा बर्जुनगर सभापति मरिचमान चौधरीको अध्यक्षता मा आयोजित महोत्सवमा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पानमा बत्तिबाले महोत्सव को उद्घाटन गरेका थिए। बिषिस्ट अतिथि दुहबी नगर प्रमुख बेद गच्छादार , कोशी प्रदेश सभा सांसद इन्दिरा थापा, सुनिता राम लगायत उपस्थित रहेका थिए।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री केदार कार्कीले कोशी सरकरले १०० दिनको उपहारमा जनतालाइ मुटु उपहार दिएको बताएका छन्। शैलाजा आचार्य र्हिदय केन्द्रको उद्घाटन भैसकेकोले बिषेसेज्ञ डाक्टर द्वारा निशुल्क उपचार हुनेहुदा अब कोशीप्रदेशका जनताले म्टुरोगका कारण मृत्युवरण गर्नु नपर्ने बताए। उन्ले १० बर्षमुनिका बालबालीकाको नोबेल लगायत ४ अस्पतालमा निशुल्क उपचार सुरु भैसकेको हुदा पैसा अभावले उप्रान्त बालबालिकाले फुल्नै नपाइ कोपिलामै झर्नु नपर्ने पनि बताएका छन्।
प्रत्यक पालिकालाइ १ जना डाक्टर र १ जना कृषी बिसेसेज्ञ अध्यन गराउन प्रदेश सरकारले निशुल्क छात्राबृति कार्यक्रम का लागी पैसा छुट्याएको अब तत्काल लागुहुने पनि बताउदै थुपै नमुनाका काम गरिने उन्ले जनाए। बर्जुताल कोशीप्रदेशको गहना भकोले गर्दा यसलाइ पर्यटकिय गन्तब्यमा स्थापित गराइ संसारभरका पर्यटकको आकर्षा बढाउन गर्न अरबौ बजेट को योजना ल्याउन लागेको पनि उनले बताएका छन्। थरुजतिले सबैलाइ काख दिए, उनिहरुको परम्परा कला संस्कृतिलाइ साथ दिन आफु तयार रहेको जनौदै ग्रामथनको रक्षा गर्न सबै जुट्नु पर्ने जनाए।
दुहबी नगरप्रमुख बेद गच्छादारले नेपालको उत्पति भएदेखि नै थारुजाति हरुको उत्पत्ति भएको भएपनि आजसम्म थारु जाति को शैक्षिक, बौद्दिक, आर्थिक, मौलिक जिबनस्थरमा गुणस्तरिय बृद्दि हुन नसकेको प्रति दुख ब्यक्त गर्दै अब थारुहरुले खाली सिमित आरक्षणको भरमा रहन नहुने यसले १५ लाख थारुहरुको हित गर्न नसक्ने भन्दै आगामी दिन्मा थारुहरु शैक्षिक, बुद्दिक र आर्थिक रुपमा आत्मनिर्भर बन्न नया ढंगले अगाडि बढ्नु पर्ने र यसको चेतना प्रवाह गर्न थारु कल्याण कारिणि, थारु आयोग सबैले ऐकेबद्दता गर्नु पर्नेमा जोड दिए।
बर्जु महोत्सवलाइ सम्बोधन गर्दै उनले भने थारु जातीको आधुनिक शैलीले गर्दा परम्परागत रितिरिवाज मासिदै गएको , बैबाहिक खर्च धान्नै मुस्किल हुदै गएको र धेरै तडक भडक देखासेखिले गर्दा ठुलो धनरासी खर्चिने हुदा जग्गा जमिन समेत बिकृ गर्नु पर्ने, यसले घरबार समेत मासिने अवस्ता आएको हुदा आगामी दिनमा यस्तो कार्यलाइ रोक्न समाजमा संदेशप्रवाह गर्ने उदेश्यले आफुले दुहबी नगर पालिकामा सन्देशमुलक फरक शैलीले यसपटक माघि महोत्सव आयोजना गर्न लगाएको पनि बताए ।
। अब थारुहरु नाचगानमा मात्रै सिमित हुने होइन, प्राबिधिक तथा ब्यावसायिक शिक्षामा अगाडि बढेर आत्मनिर्भरताको बाटो अग्रसर हुनुपर्छ, राज्यका हरेक निकायमा अन्य जाति संग सिधा प्रतिस्पर्धामा जान सक्न्ने शैक्षिक गुणस्तर बढाउन पर्छ, र आफ्नो पहिचान आफै स्थापित गर्नुपर्छ, आरक्षण र संबिधानले दिएकोले मात्रै पुग्दैन, उनले भने।
किम्बदन्तीअनुसार महाभारतकालमा युधिष्ठिर र यक्षको संवाद यही तालमा भएको थियो । बर्जुताल बारे गछ्दारले भने, द्वापरयुगको ‘महाभारतकालमा पाण्डवहरू द्रोपदि सहित गुप्तबास बसेको बेला द्रोपदीलाइ तिर्खा लागेर यहि बर्जुतालमा पानीलिन युधिस्ठिरले पठाएका बेला सहदेवले तालको पानी उघाउन खोज्दा यक्षले ‘मेरो प्रश्नको उत्तर दिएर मात्र पानी लिन पाउँछौँ’ भन्दा हतारहतारमा पानी लिनखोज्ने सहदेव मूर्छित भएका थिए । यसैक्रममा चारै पाण्डव मूर्छित भएपछि युधिष्ठिरले यक्षको सबै प्रश्नको उत्तर दिएपछि द्रोपदिका लागि पानी लिएर गएका भने यक्षको वरदानस्वरूप मूर्छित भएका चारै पाण्डवको जीवन फिर्ता भएको अहिले पनि महाभारतमा बर्जुतालका बारेमा उल्लेख भएको बताए। यसै किम्बदन्तीलाई आधार मानेर युधिष्ठिरसंँग यक्षले संवाद गरेको मूर्ति तालको बीचमा राख्ने प्रसँग उठेको थियो उनले भने । गच्छादारले यस्तो ऐतिहासिक पौराणीक गाथा बोकेको बर्जुतालको संरक्षण गर्न हामि सबै एकजुट हुनु पर्ने बताउदै भावुक मुद्रामा मुख्यमन्त्री सग आग्रहगरे, ‘बरु दुहबीलाइ २ पैसा बजेट कम दिनुस, तर बर्जुताल लाइ पर्यटन क्षेत्र बिस्तारको लागी ५० करोड छुट्याइदिनुस’।