१० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एबम् साँसद ज्ञानेन्द्र शाहीले हारेका मान्छे पनि फेरि सांसद बन्न पाउने ? भनेर कडा प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै लोकसेवा पास नगरेका उम्मेदवारलाई सरकारी जागिर किन नदिएको सरकार ? भन्ने अर्को प्रश्न तेस्र्याएका छन् ।
साँसद शाहीले ती प्रश्न सोध्दै भनेका छन्, ‘पद पनि कति चाहिने रहेछ ?
कुर्सी पनि कति प्यारो रहेछ ?
सायद मरेर गएपनी कुर्सी साथमै लिएर जान पाईने भए ?
नेपालका नेताहरु मृत्यु सङै कुर्सी पनि लिन्थे होला’ भनेका छन् ।
सामाजिक सञ्जालमा लेखिएको जस्ताको तस्तैः
पद पनि कति चाहिने रहेछ ?
कुर्सी पनि कति प्यारो रहेछ ?
सायद मरेर गएपनी कुर्सी साथमै लिएर जान पाईने भए ?
नेपालका नेताहरु मृत्यु सङै कुर्सी पनि लिन्थे होला ।
त्यसैले त होला ।
पटकपटक मन्त्री, पटकपटक सांसद भएका
७७ बर्षका कृष्ण प्रसाद सिटौला सांसद बन्ने लाईनमा छन् ।
चुनाव हारेका उम्मेदवार सांसद हुने भए लोकसेवा पास नगरेका उम्मेदवारलाई सरकारी जागिर किन नदिएको सरकार ?
क्या गजब छ बा ? हारेका मान्छे पनि फेरि सांसद बन्न पाउने ? महान गणतन्त्रको उपलब्धीको जय होस् ।
