१३ माघ, सन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र मुलुकलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन जरुरी रहेको बताएका छन् । आज यहाँ आयोजित २१५१ औँ ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बस्नेतले साविक अञ्चल अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउन दिने मन्त्रालयको निर्णय छिट्टै कार्यान्वयन हुने बताए ।
उनले भने, “मन्त्रालयको निर्णय मन्त्रिपरिषद्मा पठाइसकेको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकाले ऐन परिवर्तन गरेर पाँच वर्षभित्रै नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्छौँ ।”
एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्स र प्यारामेडिक्सको अध्यापन हुने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एममिबिबिएस एवम् विशेषज्ञ चिकित्सकको पढाई गर्ने मन्त्रालयको निर्णयको छिट्टै कार्यान्वयन गर्ने उहाँको भनाइ थियो ।
उनले चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशीनुपर्ने बाध्यता हट्ने बताए । “चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुनेछ”, मन्त्री बस्नेतले भने ।
उनले नेपालमा मेडिकल कलेज र अस्पतालसँग वर्षमा पाँच हजारभन्दा बढी एमबिबिएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण एक हजार नौ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाएको बताए ।
सीपमूलक शिक्षालाई समावेश गर्ने विश्वास उनले दिलाए । शिक्षण पेसा अत्यन्तै महत्त्वपूर्ण भएकाले उनीहरूले जागिर खाने मानसिकता हटाएर भविष्यका कर्णधार उत्पादनमा लागेको छु भन्ने सोचलाई अगाडि बढाउन उनले सुझाव दिए ।
अधिकांश सरकारी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर न्यून भएकाले त्यसलाई सुधार गर्न जरुरी भएको बताउँदै उनले निजीको तुलनामा सरकारी विद्यालयमा अध्ययापन गराउने शिक्षक दक्ष भए पनि विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
जागिर खाने मानसिकता हटाउँदै जिम्मेवारीपूर्णरूपमा आफूले प्राप्त गरेका तालिमलाई प्रयोग गर्दै विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउन पनि उनको सुझाव थियो । शिक्षकप्रतिको आकर्षण घट्दा पनि शिक्षक जागरुक हुन नसकेको उहाँको भनाइ थियो ।
वर्तमान राजनीतिबारे बोल्दै अध्यक्ष तिमिल्सिनाले आन्दोलनबाट प्राप्त सङ्घीय गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई परिवर्तन गर्न जरुरी भएको बताए । “सुशासन र जनताका कामलाई प्राथामिकतामा राखेर दलहरू अगाडि बढ्नुको विकल्प छैन, सेवा प्रवाहका कामलाई चुस्तदुरुस्त पार्दै जनताका समस्या समाधान गरौँ”, उनले भने ।
गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले विद्यार्थीको क्षमता विकासका लागि पढाइमात्र नभएर अतिरिक्त क्रियाकलाप पनि त्यत्तिकै आवश्यक हुने बताए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम आचार्यले शिक्षकले लिएको तालिम कक्षाकोठासम्म पुगेमा विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने भनाइ राखे ।
विद्यालय व्यवस्थापन समतिका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक बदनकुमारी शर्माले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा उक्त विद्यालयमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै स्वर्ण महोत्सवमा प्रकाशित स्वर्ण जयन्ती स्मारिककाको विमोचनसमेत गरिएको थियो ।