समाचार

कौण्डिन्य महासमाजको सातै प्रदेश अधिवेशन सम्पन्न, मधेश अध्यक्षमा न्यौपाने र महासचिवमा आचार्य

१४ माघ, काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाज मधेश अधिवेशनबाट अध्यक्षमा बिमल न्यौपाने निर्बाचित भएका छन् भने उपाध्यक्षमा दिपेन्द्र पराजुली, महासचिवमा लिलामणि आचार्य(बिमल)लगायत निर्बाचित भएका छन् ।
महामाजका केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष नारायन न्यौपानेलगायत बिशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।
मधेश प्रदेशको बर्दिबासको उद्योग बाणिज्य महासँघको हलमा सम्पन्न प्रथम अधिवेशन संबिधान सभाका सभासद शोभाकर पराजुली, पराजुली समाज नेपालका केन्द्रीय अध्यक्ष बिश्वम्भरकृष्ण पराजुली, महासचिव जयराम पराजुलीलगयातको बिशिष्ट आतिथ्यता रहेको थियो ।
८ जिल्लाका प्रतिनिधि रहने कौण्डिन्य गोत्रका ११ वटा बिभिन्न थरहरुको समिति रहेर निर्बाचित भएको कार्यसमितिको अधिवेशनको सभापतित्व सन्तोषहरी न्यौपानेले गरेका थिए । अधिवेशनमा आचार्य बन्धु समाज नेपाल, न्यौपाने बन्धु समाज नेपाल र पराजुली समाज नेपालको अधिवेशन र नयाँ कार्यसमिति गठन कार्यक्रमसहमेत रहेको थियो । १३ गते शनिबार भएको मधेश अधिवेशनपश्चात महासँघको सातै प्रदेश अधिवेन सम्पन्न भएको केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाराले जानकारी दिए ।