राजनीति

राजाको बिरोध गर्ने नेतालाई लिंदेनको कडा प्रश्नः राजालाई लाईन लागेर दाम चढाउन किन गएको ?

१४ माघ, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले राजाको बिरोध गर्नेहरुलाई राजालाई लाईन लागेर दाम चढाउन किन गएको ? भन्दै कडा प्रश्न गरेका छन् ।
उनले अब राजालाई सत्तोसरापेर राजनीति गर्ने दिन सकियो भन्दै जालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवाप्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरु प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्यो भन्ने तर्क गरेका छन् ।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरुलाई राजालाई दाम चढाएको आरोप लागिरहेको बेला साँसदसमेत रहेको अध्यक्ष लिंदेनको राजतन्त्र बिरोधीप्रति कडा बिरोध आएको हो ।

उनले सामाजिक सञ्जालमा भनेका छन्ः

राजालाई सत्तोसरापेर राजनीति गर्ने दिन सकियो।
राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवाप्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरु प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्यो।
जहिले दरवार हत्याकाण्डको विषय तेर्स्याएर राजालाई बदनाम गर्न र राजाप्रति घृणा पैदा गर्न खोज्नेहरुले आफ्नो शासनको यो लामो समयमा राजालाई दोषी प्रमाणित गर्न किन नसकेको ?
याद रहोस्… दरवार हत्याकाण्डमा आफ्नो प्रियजन गुमाएर बाँचेका दर्जनौं जिवितहरु छन् उनीहरूलाई किन नसोधेको ?
अनि त्यही राजालाई लाईन लागेर दाम चढाउन किन गएको ?
जनतालाई सधैं मुर्ख बनाउन सकिन्न भन्ने समयमै बुझौं !!!