प्रदेश 1

सांघातिक हमला र आन्दोलनको बिकल्प खोज्न शिक्षक एवं कर्मचारीहरुलाई विपी अध्ययन प्रतिष्ठानको आग्रह

१७ माघ, काठमाडौं । बिपी अध्ययन प्रतिष्ठान सुनसरीले कांग्रेसले २०४२ सालमा संचालन गरेको भद्र अवज्ञा एवं सत्याग्रह राजदरबारमा बम हानेर हिंसात्मक बनाउने षड्यन्त्र भएपछि रोकिएको इतिहासलाई स्मरण गर्दै आज उपकुलपति माथि भएको सांघातिक हमला पश्चात आन्दोलनको बिकल्प खोज्न शिक्षक एवं कर्मचारीहरुलाई आग्रह गरेको छ ।
प्रतिष्ठानका सुनसरी जिल्ला अध्यक्ष विकास आचार्यले एक बिज्ञप्ती जारी गर्दै विपी अध्ययन प्रतिष्ठान सुनसरी विपीकै नाममा धरानमा स्थापना भएको प्रतिष्ठित स्वास्थ्य संस्था विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाउँदै गएको अराजक एवं अमर्यादित संस्कारको मुकदर्शक मात्र भएर रहन सक्दैन भन्दै विकल्प खोज्न आग्रह गरेका हुन् ।

मंगलबारमात्र उपकुलपतिमाथी कालोमोसो दल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ भने उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिबाद आईरहेको अवस्था छ ।