समाचार

अरबपति व्यवसायी बिनोद चौधरीका भाई अरुण चौधरी सिआईबीद्वारा पक्राउ

१६ माघ, काठमाडौँ । नेपालका एकमात्र अर्बपति ब्यापारी उद्योगपति बिनोद चौधरीका भाई अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

काठमाडौंको लैनचौरबाट उनलाइ प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंहलाई पनि पक्राउ गरेको सिआईबिले बताएको छ ।