हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।
सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनेछ। चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जननाएको छ ।
शनिवार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार भने देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।