समाचार

ओ.एम.ओ.डी.ए ई-फाईप गाडी नेपालमा सार्वजनिक

२३ माघ, काठमाडौँ । विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पु¥याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै, एसपिजि अटोमोबाइल्स प्रा.लि.ले ओ.एम.ओ.डी.ए ई फाईप गाडी नेपालमा सार्वजनिक गरेको छ ।

यसमा ६१ किलोवाट आवर को ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले ४ सय ३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । ओ.एम.ओ.डी.ए ई-फाईप गाडी फ्रन्ट–माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटनमिटर टर्क द्वारा सञ्चालित हुन्छ ।

५९ लाख ४९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओ.एम.ओ.डी.ए ई-फाईप अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ । एल.इ.डि. प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूद्वारा यो गाडी सुविधासम्पन्न रहेको छ ।

यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम ए.डि.ए.एस सुविधा पनि रहेको छ । जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटा भन्दा बढी अन्य ब्म्ब्क् सुरक्षा सुविधाहरू पर्दछन् ।

यसको बाहिरी एक्स्टेरियरमा, एक्स आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्र्ड मेट्रिक्स टेललाइट, टी–आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइनद्वारा सुसज्जित रहेको छ । भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्यागजस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ । यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशत बाट ८०प्रतिशच मा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ